धादिङ ०३ कार्तिक
धादिङको नीलकण्ठ–१ म एकीकृत घुम्ति शिविर सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिकाको आयोजना तथा वडा नं. १ को सहजीकरणमा शिविर सम्पन्न भएको हो ।
शिविरमा स्वास्थ्य परीक्षण, भेटेनरी सेवा, आर्युवेद सेवा, आँखा परीक्षण, अपाङ्गता परिचय पत्र वितरण, जेष्ठ नागरिक परिचय पत्र वितरण, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका नगरपालिकाका विभिन्न विषयगत शाखाबाट प्रवाह हुने सेवाहरु एकै ठाउँमा उपलब्ध गराइएको थियो ।
वडा अध्यक्ष गणेश गुरुङको अध्यक्षता एवं नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको शिविरमा १ सय ५७ जनाको स्वास्थ्य परीक्षण, १ सय ६० भेटेनरी सेवा, ३८ जनाले आर्युवेद सेवा, १ सय ३३ जनाको आँखा परीक्षण, ३ जनालाई अपाङ्गता परिचय पत्र वितरण, ३० जनालाई जेष्ठ नागरिक परिचय पत्र वितरण, १ सय ६० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण र २२ जनाले वैदेशिक रोजगार परामर्श लिएका थिए ।
नगरपालिकाका सम्पूर्ण सेवा नागरिकको घरदैलोमा एकैपटक उपलब्ध गराउने योजना अनुसार प्रत्येक वडामा घुम्ति शिविर सञ्चालन गर्दै आएको नीलकण्ठ नगरपालिकाले वडा नं. ६, १४ र १ मा शिविर सम्पन्न गरको छ र बाकी वडाहरुमा तिहार लगत्तै शिविर सञ्चालन गरिने उपप्रमुख दिपक विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस