धादिङ ०२ कार्तिक
बुधबार धादिङका थप ५५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा ३५ जना पुरुष र २० जना महिला गरी ५५ जनामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार ४८६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ८२३ जना पुरुष र ६६३ जना महिला गरी कुल १ हजार ४८६ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८ सय ९३ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ६७, गल्छीमा ४८, ज्वालामुखीमा ६४, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३४, थाक्रेमा १७, नेत्रावती डवजोङमा १०, रुवीभ्यालीमा ९, गंगाजमुनामा २१ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस