धादिङ ०२ कार्तिक
नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविर मङ्गलबार नीलकण्ठ १४ धुवाकोटमा सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गाना उप–मेयर दिपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष लगायत विभिन्न शाखाका कर्मचारीहरुको उपस्थितिमा भएको शिविरमा विभिन्न विषयगत शाखा अन्तरगत सेवा प्रवाह गरिएको हो ।
एकीकृत घुम्ती शिबिरमा विषयगत रुपमा सेवा लिने सेवाग्राहीहरुको विवरणः
१. आयुर्वेदिक सेवा (५८ जना)
२. मेडिकल स्वास्थ परीक्षण तथा औषधि वितरण (२५७ जना)
३. गाई भैंसी गोबर परीक्षण (५६जना)
४. पशु उपचार तथा औसधि वितरण (१९८ जना)
५. आँखा चेकजाच तथा औषधि वितरण (२८२ जना)
६. रोजगार परामर्श (६६ जना)
७. मनोसामाजिक परामर्श (६ जना)
८. अपांग परिचयपत्र वितरण (३ जना)
९. जेष्ठ नागरिक परिचयपत्र वितरण (३४ जना)
१०. जेष्ठ नागरिक स्वास्थ बिमा (३० जना)
११. कोभिड विरुद्धको खोप (११ जना)
१२. कुकुरको एन्टिरेबिज भ्याक्सिन लगाएको (३१)
१३. सामाजिक सुरक्षा भत्ता वितरण (४५१ जना)
१४. मोतियाबिन्दुको अप्रेसन पहिचान (११ जना)
सम्पूर्ण वडाबासीको समस्या, आवश्यकतालाई पहिचान गर्दै वडाका नागरिकहरुको सेवामा सदैब लागिरहेको वडा अध्यक्ष नवराज दुवाडीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस