धादिङ ०१ कार्तिक
धादिङ क्रिकेट लिगको पहिलो खेलमा खनियावास गाउँपालिका ६ विकेटले विजयी भएको छ ।
बिशालटारको खेलमा मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय ११ रनमात्र जोडेको थियो । खनियावास गाउँपालिकाको लागि बलर सरोज लंसालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राखेर ४ विकेट लिएका थिए । गजुरी गाउँपालिकालाइ थोरै रनमा रोक्नको लागि खनियावासका सुदन तामाङले गजुरीका ३ विकेट लिएका थिए ।
१ सय १२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको खनियावास गाउँपालिकाले अमित गुरुङको प्रेरणादायी ४४ रनको योगदानमा ६ विकेटको जित दर्ता गरेको छ । टीमको जीतका लागि अमितले २६ बल खेल्दै ४ चौका र ३ छक्काको मदतमा ४१ रनको योगदान दिएका थिए । गजुरी गाउँपालिकाका बलर सानु घलले ३ विकेट लिए ।
खेलको म्यान अफ द म्याच खनियावासका बलर सरोज लंसाल भएका छन् । लंसालले नगद २ हजार र ट्रफी हात पारेका छन् । पहिलो खेल जितेसंगै खनियावास गाउँपालिकाले २ अंक जोड्न सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस