धादिङ श्रावण २७
भष्ट्रचार मुक्त समाज निमार्ण र धार्मिक एवं पर्यटन प्रबद्र्धन गर्ने मूल उद्देश्यका साथ नेपाल भ्रमणमा निस्किएका साइकल यात्री कर्ण श्रेष्ठ सोमबार धादिङ आइपुगेका छन् । २०७५ साल चैत्र ३ गते खोटाङको दिक्तेलबाट यात्रा सुभारम्भ गरेका साइकल यात्री श्रेष्ठले हालसम्म प्रदेश १, २ र ३ का ३५ जिल्लाको भ्रमण गरिसकेका छन् । सोमबार पत्रकार महासंघ धादिङको सभाहलमा पत्रकारहरुसँग कुराकानी गर्दे यात्री श्रेष्ठले देशमा भ्रष्टाचार, बेथिति, विकृति मौलाउदै गएकाले यसको रोकथाम गर्नको लागि पत्रकार, नागरिक समाज, विद्यार्थी, उद्योगी व्यवसायीहरुको भूमिका महत्त्वपूर्ण हुने भएकाले आफूँले हरेक जिल्लाका पत्रकार, विद्यार्थी, नागरिक समाज, उद्योगी व्यवसायीहरुसँग भेटघाट गर्ने गरेको बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ४ का स्थायी बासिन्दा श्रेष्ठ पेशाले व्यापारी भएता पनि देशमा भ्रष्टाचार, हत्या, हिंसालाई कम गर्न आफू यात्रामा निस्किएको बताएका छन् । दैनिक ७/८ घण्टा साइकल यात्रा गर्ने श्रेष्ठले ६ महिनाभित्र आफ्नो यात्रा पुरा गर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस