धादिङ ३१ असोज
सोमबार धादिङका थप ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा २८ पुरुष र ३० महिला गरी ५८ जना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार ३९४ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ७७० जना पुरुष र ६२४ महिला गरी कुल १ हजार ३९४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ८२६ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६१ जना रहेको छ । यस्तै धुनिबेशीमा ५८, गल्छीमा ४३, ज्वालामुखीमा ६०, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३३, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा १९ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस