धादिङ ३१ असोज
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको २५ औँ वार्षिक साधारण सभा तथा आठौँ सञ्चालक समिति चयन कार्यक्रम सम्पन्न भएको छ ।
असोज २४ गतेबाट सुरु भएको साधाराण सभाको आज सोमबार समापन भएको हो । कार्यक्रमलाई व्यवस्थित तवरले सञ्चालन गर्नकोलागी चार वटा ईकाई गठन गरि सभा संचालन गरिएको थियो ।
सभाले प्रत्येक ईकाइमा ईकाई प्रतिनिधि चयन गरेको छ जस अन्र्तगत ईकाई १ मा १२ जना, ईकाई २, ३ र ४ मा ६÷६ जना गरि जम्मा ३० जना प्रतिनिधि चयन गरिएको छ ।
त्यस्तै सभाले सहकारीको संञ्चालक समितीको अध्यक्षमा रुद्र बहादुर खत्रीलाई चयन गरेको छ । खत्रीको अध्यक्षतामा १३ जना सदस्य चयन गरेको हो ।
जसको उपाध्यक्षमा शिव हरि अधिकारी, महिला उपाध्यक्षमा सबिता थापा, महासचिव नवराज पाठक, कोषाध्यक्षमा नविन कुमार श्रेष्ठ, सचिवमा रामहरि कोईराला, सहकोषाध्यक्षमा तपकान्त दुवाडी चयन हुनुभएको छ भने सदस्यहरुमा उर्मीला तिमल्सिना, किशोर कुमार श्रेष्ठ, तिल प्रसाद ढुङ्गाना, यमवहादुर अधिकारी, नविन दुवाडी, थम्कराज बसौला रहनुभएको छ ।
त्यस्तै लेखा सुपरिवेक्षण समितीको संयोजकमा दुर्गा अधिकारी चयन हुनुभएको छ भने सदस्यहरुमा अर्जुन हधिकारी र गीता बहादुर थापा रहनुभएको छ ।
सहकारीका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिती धादिङका समन्वय प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा ईकाई प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस