धादिङ ३० असोज
धादिङका ब्रोइलर कुखुरापालक किसानहरुका लागि एक कुखुरा पालनका लागि एक दिने अभिमूखीकरण कार्यक्रम धादिङबेसीमा सम्पन्न भएको छ ।
अशोक इन्टरप्राइजेज धादिङले आयोजना गरेको उक्त कार्यक्रममा भ्याली ग्रुपका टेक्निकल कन्सल्टेन्ट डा. सक्षम पाण्डेले व्यवसायिक रुपमा कुखुरा पालनका लागि खोरको व्यवस्थापन र कुखुरा हुर्काउने तरिका वा त्यसक्रममा देखा पर्ने जटिलताका बारेमा सहभागीहरुलाई प्रशिक्षित गर्नुभएको थियो ।
यस्तै अशोक इन्टरप्राइजेजका प्रोपाइटर एवं युवा व्यवसायी अशोक कुमार बस्नेतले व्यवसाय सुरु गर्नुअघि तयार गर्नुपर्ने व्यवसायिक योजनाका बारेमा प्रशिक्षित गर्नुभएको थियो । कार्यक्रममा ५० जना भन्दा बढी धादिङका कुखुरापालक किसानहरुको सहभागिता रहेको थियो ।
व्यवसाय प्रबद्र्धनका लागि विभिन्न समयमा अशोक इन्टरप्राइजेजले तालिम, सेमिनार तथा गोष्ठीहरुको आयोजना गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस