नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट नेपाल तेक्वान्दो संघले छनोट गरेको खेलाडीहरु सहभागि हुन पाएका छैनन् ।
नेपाल तेक्वान्दो संघले बागमती प्रदेशको निर्देशनलाई अटेर गरी आफूखुसी भाद्र २१/२२ गते खेलाडीहरुलाई बोलाएर छनोट गरेको थियो । पछि बागमती प्रदेशले असोज १३ र १४ गते छनोट लागि सूचना जारी गर्दा नेपाल तेक्वान्दो संघले आफ्ना कुनै पनि खेलाडीलाई प्रशिक्षकहरुले प्रतियोगितमा सहभागी भए कारबाही गर्ने चेतावनी दिएका थिए ।
बागमती प्रदेशको सुचनालाई मध्यनजर गर्दै राष्ट्रिय तेक्वान्दो संघले आफ्ना खेलाडीहरुलाई प्रतियोगितामा सहभागी गराएका थिए । खेलकुद परिषद्ले प्रदेशले पठाएको खेलाडी मात्र सहभागी हुन पाउने भनेपछि तेक्वान्दो संघले अदालतमा मुद्दा सम्म हालेको थियो ।
प्रतिक्रिया दिनुहोस