गोरखा २९ असोज
कृष्ण बहादुर लामिछाने
लामिछाने बन्धु समाज जिल्ला कार्यसमिति गोरखाको आयोजनामा भिमसेनथापा गाउँपालिका स्तरीय लामिछाने बन्धु समाजको भेला सिद्धकाली मन्दिर परिसर तान्द्राङकोटमा शनिबार सम्पन्न भएको छ ।
भेलाले गिरिराज लामिछाने अध्यक्ष रहने गरी ९ सदस्यीय गाउँपालिका स्तरीय लामिछाने बन्धु समाजको कार्यसमिति गठन गरिएको छ । नवगठित समितिको उपाध्यक्षमा तेज प्रसाद लामिछाने, कोषाध्यक्षमा नारायण बहादुर लामिछाने, सचिवमा पविता लामिछाने र सह–सचिवमा टेकराज लामिछाने रहनुभएको छ ।
त्यस्तै सदस्यहरुमा गीता लामिछाने, सीताराम लामिछाने, भोजराज लामिछाने र टीका कुमारी लामिछाने रहनुभएको छ । लामिछाने बन्धु समाज जिल्ला कार्यसमिति गोरखाका अध्यक्ष यदु प्रसाद लामिछानेको अध्यक्षता रहेको कार्यक्रममा केन्द्रीय महासचिव खडानन्द लामिछानेको प्रमुख आतिथ्य रहेको थियो ।
केन्द्रीय सदस्य माया लामिछाने, सूर्य प्रसाद लामिछाने, बालकृष्ण लामिछाने लगायतको विशेष आतिथ्य रहको कार्यक्रममा भिमसेनथापा गाउँपालिकाका विभिन्न वडाका लामिछाने बन्धुहरुको प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रमको सहजीकरण लामिछाने बन्धु समाज जिल्ला कार्यसमिति सचिव रामचन्द्र लामिछानेले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस