धादिङ २९ असोज
शनिबार धादिङमा ३८ जना डेंगी संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा २२ पुरुष र १६ महिला गरी ३८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा डेंगु बिरामीको संख्या १ हजार ३ सय ११ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ७३१ जना पुरुष र ५८० महिला गरी कुल एक हजार ३११ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७७१ जना रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ६१ ज्नामा संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीमा ५५, गल्छीमा ४३, ज्वालामुखीमा ५८, बेनिघाट रोराङमा २२, सिद्धलेकमा ३०, थाक्रेमा १७, नेत्रावती डवजोङमा ९, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस