धादिङ २८ असोज
शुक्रबार धादिङका थप ४० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा २२ जना पुरुष र १८ जना महिला गरी ४० जना डेंगीका नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा डेंगी संक्रमितको संख्या १ हजार २७३ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ७०९ जना पुरुष र ५६४ महिला गरी कुल १ हजार २७३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ७४४ रहेको छ भने गजुरीमा १०६ र त्रिपुरासुन्दरीमा ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।
यस्तै धुनिबेशीमा ५५, गल्छीमा ४३, ज्वालामुखीमा ५४, बेनिघाट रोराङमा २२, सिद्धलेकमा २९, थाक्रेमा १७, नेत्रावती डवजोङमा ७, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस