सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि थप गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि एक वर्ष थप गर्ने निर्णय गरेको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी कात्तिक ११ गतेदेखि लागू हुने गरी इकाइको कार्यावधि एकवर्षको लागि थप गर्ने निर्णय भएको जानकारी दिए । सरकारले १२०० मेगावाट क्षमताको बुढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि लामो समयदेखि इकाइमार्फत् मुआब्जा वितरण गर्ने, पुनर्वास र पुनस्र्थापनाको कार्य गर्दै आइरहेको छ । तर, दुई वर्षका लागि स्थापित इकाइले वर्षौसम्म पनि काम पूरा गर्न सकेको छैन । सरकारले पटक(पटक म्याद थप गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस