प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी ९जसपा०बाट सरकारमा सहभागी चार नेतालाई बर्खास्त गरेका छन् ।
जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले मन्त्रीहरु राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई हटाएका हुन् ।
जसपाबाट मन्त्री भएका चार जनालाई बर्खास्त गरिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवालाई तोकेकी छन् ।
प्रतिक्रिया दिनुहोस