धादिङ २७ असोज
धादिङमा प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि २ लाख ७१ हजार ९ सय ८४ मतदाता योग्य रहेको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
निर्वाचन कार्यालयको अनुसार संघिय निर्वाचन क्षेत्र नं १ मा कुल मतदाता १ लाख ३५ हजार २४२ रहेको छ जसमा पुरुषको संख्या ७० हजार १९५ र महिला मतदाताको संख्या ६५ हजार ४७ रहेको छ ।
क्षेत्र नं १ को प्रदेश १ मा जम्मा मतदाता ७४ हजार ४६६ रहेको छ जसमा पुरुष ३८ हजार ४४९ र महिला ३६ हजार १७ रहेको छ ।
क्षेत्र नं १ को प्रदेश २ मा ३१ हजार ७४६ पुरुष र २९ हजार ३० जना महिला गरि कुल मतदाता संख्या ६० हजार ७ सय ५६ रहेको छ ।
त्यस्तै, संघिय निर्वाचन क्षेत्र नं २ मा जम्मा मतदाता १ लाख ३६ हजार ७४२ रहेको छ जसमा पुरुषको संख्या ६८ हजार २५८ र महिलाको संख्या ६८ हजार ४८३ रहेको छ ।
क्षेत्र नं २ को प्रदेश १ मा जम्मा मतदाता ७२ हजार ४१४ रहेकोमा पुरुष मतदाता संख्या ३५ हजार ९८५ र महिला मतदाता संख्या ३६ हजार ४२९ रहेको छ भने क्षेत्र नं २ को प्रदेश २ मा ३२ हजार २७३ पुरुष र ३२ हजार ५४ महिला गरि जम्मा मतदाताको संख्या ६४ हजार ३२८ रहेको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस