धादिङ २७ असोज
बिहिबार धादिङका ६२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ३० जना पुरुष र ३२ जना महिला गरी ६२ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार २ सय ३३ पुगेको छ । जिल्लाका ६ सय ८७ जना पुरुष र ५ सय ४६ महिला गरी कुल १ हजार २ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा नीलकण्ठ नगरपालिकामा ७ सय १४ जना रहेको छ भने गजुरीमा १ सय ६ र त्रिपुरासुन्दरीमा ५६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यसैगरि धुनिबेशीमा ५२, गल्छीमा ४२, ज्वालामुखीमा ५२, बेनिघाट रोराङमा २२, सिद्धलेकमा २९, थाक्रेमा १६, नेत्रावती डवजोङमा ७, रुवीभ्यालीमा ९, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस