धादिङ २६ असोज
नेकपा(माओवादी केन्द्र) धादिङले आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएर पार्टीप्रति भ्रम फैलाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला संयोजक मनराज भण्डारीद्धारा जारी विज्ञप्तीमा धादिङ प्रतिनिधिसभा क्षेत्र नं. क मा स्वतन्त्र उम्मेद्वारी दिएका ईश्वरी प्रसाद कोइरालाले आफू माओवादी केन्द्रको बागी उम्मेद्वारी हुँ भन्दै भ्रम सिर्जना गरेकोले उक्त भ्रममा नपर्न आम नेता कार्यकर्ता र मतदाताहरुलाई अनुरोध गरिएको छ साथै कोइराला विगत ४–५ वर्षदेखि माओवादी केन्द्रको पार्टी सदस्य समेत नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सत्ता साझेदार दलहरुको गठबन्धनबाट आसन्न निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट धादिङ निर्वाचन क्षेत्र नं. १ क मा सालिकराम जम्कट्टेल र निर्वाचन क्षेत्र नं. २ ख मा जगत बहादुर सिंखडाले उम्मेद्वारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस