धादिङ २६ असोज
बुधबार धादिङका थप ८५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा ४५ जना पुरुष र ४० जना महिला गरी ८५ जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा डेंगु संक्रमितको संख्या १ हजार १ सय ७१ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ६ सय ५९ जना पुरुष र ५ सय १२ महिला गरी कुल १ हजार १ सय ७१ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा नीलकण्ठ नगरपालिकामा मात्रै ६ सय ८६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । गजुरीमा १ सय ६ र त्रिपुरासुन्दरीमा ५५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीमा ३८, गल्छीमा ४१, ज्वालामुखीमा ४९, बेनिघाट रोराङमा २२, सिद्धलेकमा २७, थाक्रेमा ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८, गंगाजमुनामा १८ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस