धादिङ २६ असोज
धादिङमा ८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । धादिङमा पार्टीगत र स्वतन्त्र उम्मेदवारी दिएका गरी ८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
धादिङ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका रमेश धमला, परशुराम तामाङ र चक्र बहादुर शाहले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न १ बाट स्वतन्त्र उम्मेदवारी दिएका अजय कुमार रिमालले पनि स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका धन बहादुर घलेले उम्मेदवारी फिर्ता लिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ प्रदेश सभा सदस्य क्षेत्र नं १ बाट उम्मेदवारी दिएका नारायण प्रसाद पोखरेलले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
यसैगरि प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ प्रदेश सभा सदस्य क्षेत्र नं २ बाट उम्मेदवारी दिएका शालीग्राम अर्याल र ज्ञानेन्द्र प्रसाद सिलवालले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय धादिङ जनाएको छ ।
प्रतिक्रिया दिनुहोस