धादिङ २६ असोज
नेपाली काँग्रेस नेता तथा पुर्वसभापति रमेश धमलाले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएको छ । धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका धमलाले आज१२ बजेर ४० मिनेट जाँदा उम्मेदवारी फिर्ता लिनुभएको हो ।
सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा उम्मेद्वारी दिएका कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारी विरुद्ध बागी उम्मेद्वारी दिएका धमलाले बुधबार उम्मेद्वारी फिर्ता लिनुभएको हो । कार्यकर्ता तहबाट र शिर्ष नेताहरुको अनुरोधको कारण आफुले उम्मेदवारी फिर्ता लिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस