धादिङ २५ असोज
आगामी मँसिर ४ गते हुने प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनको लागि धादिङमा ७४ जनाले उम्मेद्धारी दिएका छन् । निर्वाचन कार्यालय धादिङको अनुसार उम्मेदवारी दिनेमा ६९ जना पुरुष र ५ जना महिला रहेका छन् । धादिङमा मनोनयन पत्र दर्ता भएका उम्मेद्धारहरुमा महिलाको संख्या अत्यन्त न्युन रहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा १५ जना पुरुषले मात्र उम्मेद्वारी दिएका छन् । प्रदेश सभा १ (क) मा १४ जना पुरुष र१ जना महिला गरि कुल १५ जनाको उम्मेद्धारी परेको छ भने प्रदेश सभा १ ( ख) मा १० जना पुरुषले मात्र उम्मेद्वारी दिएका छन् ।
यस्तै, प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा १५ जना पुरुष र २ जना महिला गरि कुल १७ जनाले उम्मेद्वारी दिएका छन् । प्रदेश सभा २ क मा ५ जना पुरुष र १ जना महिला गरि ६ जनाको उम्मेद्धारी परेको छ भने प्रदेश सभा २ ख मा १० जना पुरुष र १ जना महिला गरि ११ जनाको उम्मेद्धारी परेको छ निर्वाचन कार्यालय धादिङले जानकारी दिएको छ ।
२ प्रतिनिधी सभा सदस्य र ४ प्रदेश सभा सदस्य निर्वाचनका लागि ७४ जनाको उम्मेद्धारी परेको हो । आगामी निर्वाचनको लागि झण्डै ७ प्रतिशत मात्र महिलाको उम्मेद्धारी परेको छ ।
प्रतिक्रिया दिनुहोस