धादिङ २५ असोज
मंगलबार धादिङका थप ९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार पछिल्लो २४ घण्टामा ५४ पुरुष र ३६ महिला गरी ९० जना डेंगुका नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै जिल्लामा डेंगु बिरामीको संख्या १ हजार ८६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ६ सय ११ जना पुरुष र ४ सय ७२ जना महिला गरी १ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ६ सय ५७, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ५४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने धुनिबेशीमा ३१, गल्छीमा ३६, ज्वालामुखीमा ४५, बेनिघाट रोराङमा २०, सिद्धलेकमा २२, थाक्रेमा ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८ जना, गंगाजमुनामा १२ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस