धादिङ श्रावण २५
विकास निर्माणको नाममा अव्यवस्थित रुपमा सडकको ट्र्याक खोल्दा सामुदायिक वनहरु मासिदै गएको नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारीले बताउनु भएको छ । डिभिजन वन कार्यालय धादिङमा शनिबार आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रममा सो कुरा बताउनु भएको हो । उप प्रमुख भण्डारीले शक्ति राष्ट्रहरुले सञ्चालन गरेका उद्योगबाट निस्कने कार्वनडाइअक्साइड ग्यासको कारण पनि वनहरु जोखिममा परेको बताउँदै सामुदायिक वनको संरक्षणमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
सामुदायिक वनमा नवीनतम सोच, उत्पादन उद्यम र सम्बृद्धिमा जोड भन्ने नाराका साथ आयोजित चौथो सामुदायिक वन दिवस कार्यक्रमको अध्यक्षता आयोजक सामुदायिक वन उपभोक्ता महासंघ धादिङकी अध्यक्ष सुशिला पाठकले गर्नुभएको थियो भने प्रमुख अतिथिमा नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी रहनुभएको थियो । डिभिजन वन कार्यालय धादिङको सहयोगमा भएको कार्यक्रममा सामुदायिक वन तथा वातावरण जोगाउ अभियानका अभियन्ता एवं अन्त राष्ट्रिय अब्राहम पुरस्कार विजेता भूमि रमण नेपाल, डिभिजन वन कार्यालय धादिङका प्रमुख, विभिन्न सामुदायिक वन समूहका प्रमुख एवं प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस