धादिङ २४ असोज
धादिङ जिल्लाका थप २९ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा १२ पुरुष र १७ महिला गरी २९ जना डेंगीका नयाँ संक्रमित थपिएका हुन् ।
जिल्लामा डेंगी बिरामीको संख्या ९ सय ९६ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको अनुसार जिल्लाका ५ सय ५७ जना पुरुष र ४ सय ३६ महिला गरी कुल ९ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा नीलकण्ठ नगरपालिकामा ५ सय ९३, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने धुनिबेशीमा ३१, गल्छीमा ३०, ज्वालामुखीमा ३७, बेनिघाट रोराङमा २०, सिद्धलेकमा २०, थाक्रेका ८, नेत्रावती डवजोङमा ६, रुवीभ्यालीमा ८ जना, गंगाजमुनामा ४ र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस