धादिङ २४ असोज
श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङको २५ औँ वार्षिक साधारण सभा तथा आठौँ सञ्चालक समिति चयनको कार्यक्रम आजबाट धादिङमा सुरु भएको छ ।
कार्यक्रममा सहकारीका कोषाध्यक्ष रुद्र बहादुर खत्रीद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसहमत पारित गरिएको छ भने सहकारीका सचिव कविता थापा (अधिकारी)ले आ.व. २०७८/०७९ को प्रगति प्रतिवेदन तथा २०७९/०८० को प्रस्तावित कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको अवसरमा संस्थाले नीलकण्ठ नगरपालिका वडा न. ३ का ६१ जना असल ऋणीहरुलाई सम्मान गरेको छ । कार्यक्रमलाई ब्यवस्थित तवरले संचालन गर्नको लागी चार वटा ईकाई गठन गरि संचालन गरिएको साधारण सभामा आज पहिलो ईकाई अन्तर्गतको साधारण सभा सम्पन्न भएको हो ।
आज (सोमबार) देखि सुरु भएको साधारण सभा असोज ३१ गते आईतबार सम्म चल्नेछ । सहकारीमा अहिले १ हजार ९ सय ६१ जना बालबचतकर्ताहरु सहित ५ हजार ८ सय ३४ जना शेयर सदस्य रहेका छन् ।
सहकारीका अध्यक्ष प्रदिप अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिका ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो भने कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस