कालिकोटमा मलामी गएका १५ जनाभन्दा धेरै व्यक्ति वेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो
केही बेरमा प्रहरी घटनास्थल पुगेपछि वास्तविक विवरण खुल्ने बताउनुभयो ।
उहाँका अनुसार हिजो साँझ करिब ५ बजेको समयमा स्थानीय एक युवकको मलामीका लागि मानिसहरू कुकुरखोल्सी भन्ने स्थानमा गएका थिए । तीमध्ये केहीलाई खोलाले बगाएको भन्दै स्थानीयबासीले प्रहरीमा खबर गरेका थिए । वेपत्ता भएकाको सङ्ख्या १५ हो वा २० भन्ने पुष्टि नभएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो । लगातारको पानीका कारण घटनास्थल आसपास टेलिफोन सम्पर्क गर्न समस्या भएका कारण पनि विस्तृत विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस