धादिङ २२ असोज
धादिङका थप ४० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २६ पुरुष र १४ महिला गरी ४० नयाँ बिरामी थपिएका छन् ।
यो सँगै धादिङमा डेंगी संक्रमितको संख्या ९१७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लामा ५ सय २५ जना पुरुष र ३ सय ८९ जना महिला गरी कुल ९ सय १७ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा सबैभन्दा धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा ५ सय २६, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका ३२, बेनिघाट रोराङका २०, सिद्धलेकका १९, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ७ जना र गंगाजमुनाका ३ जना र खनियाबास गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस