नेकपा एमाले र जसपा नेपालबीच प्रतिनिधिसभातर्फ ५२ सिटमा तालमेल हुने भएको छ । नेकपा एमाले र जसपा नेपालबीच शनिबार तालमेलको अन्तिम खाका तयार भएको हो ।
तालमेल अनुसार एमालेले ३५ सिट र जसपाले १७ सिट पाउने गरी सहमति भएको छ । एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने प्रतिनिधिसभा क्षेत्रमा सप्तरी–३, सिरहा क्षेत्र नम्बर १ र ३, धनुषा– ३ र ४, महोत्तरी–१, सर्लाही– २ र ३ रहेको छ । यसैगरी रौतहट ३ र ४, बारा १ र ४ तथा पर्सा ३ र ४ मा पनि एमालेले जसपाको समर्थनमा उम्मेदवारी दिने भएको छ ।
त्यस्तै, पश्चिम नवलपरासी १ र २, रुपन्देहीको १, २ र ३, कपिलवस्तुको १, २ र ३, कैलालीको पाँच वटै निर्वाचन क्षेत्र, मोरङको १, २, ३, ४ र ६ तथा सुनसरीको २, ३ र ४ मा पनि एमालेले जसपासँगको तालमेलमा उम्मेदवारी दिने भएको छ ।
प्रतिक्रिया दिनुहोस