धादिङ १८ असोज
मंगलबार धादिङका थप ४० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २७ जना पुरुष र १३ जना महिला गरी ४० नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै धादिङमा डेंगी बिरामीको संख्या ८१७ पुगेको छ । स्वास्थ्य कार्यालय धादिङको विवरण अनुसार जिल्लाका ४७६ जना पुरुष र ३४१ महिला गरी कुल ८१७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा नीलकण्ठ नगरपालिकामा ४५७, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २५, बेनिघाट रोराङका २०, सिद्धलेकका १७, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ४ जना र गंगाजमुनाका ३ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस