धादिङ १६ असोज
आईतबार धादिङका थप ३७ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २७ जना पुरुष र १० जना महिला गरी ३२ नयाँ संक्रमित थपिएका छन् ।
यो सँगै धादिङमा डेंगी संक्रमित संख्या ७५७ पुगेको छ । सबैभन्दा धेरै केश नीलकण्ठ नगरपालिकामा ४०३, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २४, बेनिघाट रोराङका २०, सिद्धलेकका १४, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ३ जना र गंगाजमुनाका २ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस