धादिङ श्रावण २५
नेपालको मौलिक तथा लोप हुदँै गएका लोक खेलहरुको संरक्षण, सम्बद्र्धन र राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय लोक खेल संरक्षण तथा अनुसन्धान संघ धादिङले आर्थिक वर्ष २०७६/७७ मा लोप हुनै लागेका ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपालकै अति लोकप्रिय डन्डिबियो प्रतियोगिता र धान दिवसको अवसरमा बृहत हिले दौड प्रतियोगिता सम्पन्न गरिसकेको संघले डन्डिबियो र हिले दौडलाई निरन्तरता दिदै लक्कु ढाल, पहाड दौड, बाघ चाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
संस्थाले शुक्रबार साँझ धादिङबेसीमा सम्मान तथा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुराको जानकारी दिएको हो । पर्यटन वर्ष २०२० लाई थप सहयोग पु¥याउने लक्ष्यका साथ यस्ता लोप हुदैँ गएका खेलहरुको उजागर गर्ने लक्ष्य रहेको संस्थाका संरक्षक राज कुमार श्रेष्ठले बताउनु भयो ।
कार्यक्रममा धान दिवसको अवसरमा आयोजित हिले दौड प्रतियोगिता सफल पार्न सहयोग गर्ने पत्रकार, स्वयमसेवक, रेफ्रि, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको थियो साथै संस्थाका संरक्षक राज कुमार श्रेष्ठलाई हिले दौड प्रतियोगिता सम्पन्न गर्न अतुलनीय योगदान दिएको भन्दै सम्मान गरिएको हो ।
प्रतिक्रिया दिनुहोस