धादिङ १५ असोज
धादिङका थप ५८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार पछिल्लो २४ घण्टामा २४ पुरुष र ३४ महिला गरी ५८ डेंगुका नयाँ बिरामी थपिएका छन् ।
जसमा नीलकण्ठ नगरपालिकामा ३८०, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने धुनिबेशीका ३१, बेनिघाट रोराङका २०, गल्छीका ३०, ज्वालामुखीका २३, सिद्धलेकका १३, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ३ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा डेंगु संक्रमितको संख्या ७२० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस