धादिङ १४ असोज
रेडियो बिहानी ९७.६ मेगाहर्जको आयोजनामा विजया दशमी, शुभ दिपावली तथा छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । रेडियो व्यवस्थापन समिति अध्यक्ष अमृत तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्य रहेको थियो भने नेकपा(माओवादी केन्द्र)का विशेष प्रदेशका अध्यक्ष जगत बहादुर सिंखडा, बागमती प्रदेशका सहसचिव बिजय बुर्लाकोटीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहिद स्मृति संञ्चार सहकारी संस्थाका अध्यक्ष एवं नेकपा(माओवादी केन्द्र) धादिङका संयोजक मनराज भण्डारी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, नेकपा(माओवादी केन्द्र) नीलकण्ठ नगरपालिका कमिटि अध्यक्ष सम्भु कुमार श्रेष्ठ, रेडक्रस धादिङका सभापति नारायण तिमल्सिना, नीलकण्ठ नगरपालिका वडा नं १ का वडा अध्यक्ष गणेश बहादुर गुरुङ, वडा नं २ का वडा अध्यक्ष ध्वज बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै सहिद स्मृति संञ्चार सहकारी संस्थाका अध्यक्ष भण्डारीले देशमा आर्थिक मन्दि छाएको भन्दै चाडपर्वलाई भड्किलो रुपमा नमनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा सहभागि अन्य अतिथिहरुले चाडपर्वलाई भड्किलो नबनाई आफ्नो क्षमता अनुसार सामान्य ढंगले मनाउन, संस्कृतिलाई जगेर्ना गर्न र चाडपर्वमा दुर्घटना हुन नदिन संयमता अपनाउन अनुरोध गरेका थिए ।
प्रतिक्रिया दिनुहोस