धादिङ १३ असोज
धादिङमा पछिल्लो २४ घण्टामा ४१ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार आज २८ पुरुष र १३ महिला गरी ४१ नयाँ बिरामी थपिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
योसँगै धादिङमा डेंगु संक्रमितको संख्या ६३४ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरण अनुसार जिल्लाका ३६३ जना पुरुष र २७१ महिला गरी कुल ६३४ जनामा संक्रमण पुष्टि भएको छ ।
परिक्षण गरिएका मध्ये धेरै संक्रमित नीलकण्ठ नगरपालिकामा भेटिएको छ । नीलकण्ठमा ३३४, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
यस्तै गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका २१, सिद्धलेकका १२, थाक्रेका ८, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस