धादिङ १२ असोज
धादिङमा डेङ्गु संक्रमितको सङ्ख्या ६ सय नजिक पुगेको छ ।
गत साउन १ देखी आज (बुधबार) सम्मको विवरण अनुसार जिल्लाका ३३५ जना पुरुष र २५८ महिला गरी कुल ५९३ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय धादिङका अनुसार नीलकण्ठमा ३१४, गजुरीमा ७२ र त्रिपुरासुन्दरीमा ३६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । गल्छीका २३, धुनिबेशीका २२, ज्वालामुखीका १५, थाक्रे र सिद्धलेकका ८÷८, नेत्रावती डवजोङका ५, बेनिघाट रोराङका ४, रुवीभ्यालीका २ जना र गंगाजमुनाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस