धादिङ २४ श्रावण
धादिङ जिल्लाकै सामुदायिक विद्यालयभित्रको उत्कृष्ठ नीलकण्ठ माध्यमिक विद्यालयले शुक्रबार स्वागत, सम्मान तथा विदाई कार्यक्रमको आयोजना गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष वद्रि प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा नीलकण्ठ नगरपालिका धादिङका शिक्षा शाखा प्रमुख हरि प्रसाद निरौलाको विशेष आतिथ्यता रहेको थियो ।
एस.इ.इ परीक्षा दिएर सफल भएका विद्यार्थीहरु र कक्षा १२ को परीक्षामा सफल भएका विद्यार्थीहरुलाई सम्मान तथा कक्षा ११ र मा नव प्रवेशीहरुलाई स्वागत गरिएको हो । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले नाम मात्रको नमूना विद्यालय नभई काममा पनि अब्बल हुनुपर्ने कुरामा जोड दिनुभयो । कक्षा १२ को परीक्षामा ३.६६ जिपिए ल्याउन सफल नेमासिङ तामाङ, एस.इ.इ मा उच्च जिपिए ३.९० ल्याउन सफल प्रतीक श्रेष्ठ, सुरज तामाङ लगायतका विद्यार्थीहरुलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालयको समग्र गतिविधिको बारेमा विद्यालयका प्रधानाध्यापक विष्णु सिलवालले जानकारी गराउनु भएको थियो ।
जिल्लाकै केन्द्र सदरमुकाममा रहेको नीलकण्ठ माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा छनौट भएर छात्राबाससहितको सुविधा सम्पन्न भवन निर्माण गरी सञ्चालनमा छ । कक्षा ९/१२ मा इन्जिनिएरिङ, सिसु कक्षादेखि नै अङ्ग्रेजी माध्यमको पढाइ, कक्षा ११/१२ मा विज्ञान विषय समेत भएकाले नीलकण्ठ माध्यमिका विद्यालय विद्यार्थीहरुको रोजाइको विषय बनेको छ । हाल करिब २३ सय विद्यार्थीहरु विद्यालयमा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस