धदिङ ०७ असोज
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा(माओवादी केन्द्र)का नेता सालिकराम जम्कट्टेलले राष्ट्रपति विद्या भण्डारी संविधानको रक्षक नभएर भक्षक भएको बताउनुभएको छ । शुक्रबार जिल्ला समन्वय समिति धादिङको छैटौँ जिल्ला सभाको उद्घाटन समारोहलाई संवोधन गर्दै मन्त्री जम्कट्टेलले सो कुरा बताउनु भएको हो ।
संसदले पास गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले आफ्नो अधिकारभन्दा बाहिर गएर संविधानको खिल्ली उडाएको बताउनु भयो । मन्त्री जम्कट्टेलले संविधान र व्यवस्था बचाउनको लागि पनि हालको गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताउनु भयो ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको छैटौ जिल्ला सभामा प्रमुख अतिथि बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री एवं नेकपा(माओवादी केन्द्र)का नेता सालिकराम जम्कट्टेलको प्रमुख आतिथ्य एवं विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधि जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै जिल्ला सभाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समन्वय प्रमुख नवराज अधिकारीले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस