धादिङ ०७ असोज
यही असोज ११ गते नीलकण्ठ–६ सुनौलाबजार धादिङमा विशेषज्ञ सेवा सहितको घुम्ती शिविर सञ्चालन हुने भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजनामा हुने उक्त शिविरमा चिकित्सक सहितको स्वास्थ्य सेवा, पशु सेवा, जेष्ठ नागरिक तथा अपाङ्ग परिचय पत्र वितरण, कृषक परामर्श सेवा लगायत रहने छ ।
नीलकण्ठ नगरपालिकाका उप प्रमुख एवं स्थानीय अपाङ्गता समन्वय समिति संयोजक दिपक विश्वकर्माको अध्यक्षतामा भाद्र ६ गते बसेको बैठकले शिविर सञ्चालन गर्ने निर्णय गरेको विश्वकर्माले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस