धादिङ ०४ असोज
छिमेक लघुवित्त वित्तिय संस्था लि धादिङको आयोजनामा आधारभूत कुखुरा पालन तालिम आज देखि सुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने उक्त तालिमको उद्घाटन नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले गर्नुभएको छ ।
संस्थामा आवद्ध रहेका किसानहरुलाई कुखुरा पालक व्यवसायिक बनाउन तालिम सुरु गरिएको हो । तालिममा कुखुरा पालन सम्बन्धी आवश्यक पर्ने ज्ञान सीप सिकाउने शाखा प्रमुख रामकृष्ण पाण्डेले जानकारी दिनुभयो ।
तालिम पछि किसानले सहजै रुपमा कुखुरा पालन गर्न सक्ने हुने विश्वास व्यक्त गरिएको छ । तालिममा कुखुरा पालन गर्दा आउने समस्या, रोगहरू, कुखुराका जातहरु, खोप लगायतका विषयमा सिकाइने शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
कार्यक्रममा बोल्दै उपप्रमखु विश्वकर्माले यस ३ दिने कुखुरा पालन तालिममा सक्रिय रुपमा सहभागि भई उत्पादनमा आधारित भएर व्यवसायिक उद्यममा लाग्न आाग्रह गर्नुभएको छ ।
विश्वकर्माले नीलकण्ठ नगरपालिकाले उत्पादनमा आधारित ५० लाख अनुदान र व्यवसायिहरुलाई प्रोतसाहन गर्नका लागि व्यवसायिक प्रोत्सानका तर्फ १ करोड अनुदान छुट्याएको बताउनुभयो ।
त्यस्तै विश्वकर्माले व्यवसाय गर्नकालगि थप अन्य तालिमको आवश्यक परेमा कम्तिमा २० जनाको समुह बनाएमा नगरपालिकाले थप सीपमुलक ताालिम प्रदान गराउने बताउनुभयो ।
आाजको तालिममा प्रशिक्षक निसान श्रेष्ठले प्रशिक्षण दिनुभएको छ । असोज ४ गते मंगलबार बाट सुरुभएको तालिम असोज ६ गते बिहिबार सम्म सञ्चालन हुने छ ।
शाखा प्रमुख पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्य रहेको थियो भने विशेष आतिथिमा क्षेत्रीय प्रबन्धक निरञ्जन महतो रहनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस