धादिङ ०३ असोज
८ औँ संविधान दिवस २०७९ को अवसरमा धादिङमा अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ ।
संविधान दिवस २०७९ मूल समारोह समिति धादिङको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, माओवादी केन्द्रका जिल्ला संयोजक मनराज भण्डारी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रतिनिधिहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
संविधान दिवसको शुभकामना दिनुहुदै प्रमुख जिल्ला अधिकारी लम्सालले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन आग्रह गर्नुभएको छ ।
त्यस्तै, कार्यक्रममा व्याडमिन्टन प्रतियोगितामा प्रथम द्धितिय र तृतीय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस