कपिल जम्कट्टेल
धादिङ २१ श्रावण
धादिङ सोसिएल भोलिन्टिएरका महासचिव एवं समाजसेवी भेषराज ठकुरीले आफ्नो जन्मदिनको अवसर पारी मङ्गलबार सुनगाभा एकेडेमीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष समेत रहेका ठकुरी पछिल्लो समय विभिन्न सामाजिक कार्यमा अग्रसर रहेका छन् । यस्तै धादिङ सोसिएल भोलिन्टिएरकै सदस्य किरण कुमार श्रेष्ठले आफ्नो छोरा रोनिश श्रेष्ठको जन्मदिनको अवसरमा मङ्गलबार नै सुनगाभा एकेडेमीलाई बिरुवा हस्तान्तरण गरेका छन् । पश्चिमेली संस्कृतिको प्रभाव बढ्दै गएको नेपालमा जन्मदिन भड्किलो तरिकाले मनाउने चलन बढेकाले सामाजिक कार्यमा सङ्लग्न भइ जन्मदिन मनाउन सकिन्छ भन्ने सन्देश दिनका लागि यस्तो कार्यक्रम गरेको महासचिव ठकुरीले बताउनु भयो । धादिङ सोसिएल भोलिन्टिएरको सामाजिक कार्यलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक वद्रि लम्सालले आगामी सामाजिक कार्य सफलताको शुभकामना समेत प्रदान गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस