धादिङ ०३ भाद्र
संविधान दिवसको अवसरमा आयोजित बृहत खुल्ला रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेको छन् । अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला समिती धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १३ जना पुरुषले रक्तदान गरेको धादिङ रेडक्रसका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्रको प्राबिधिक सहयोग रहेको थियो ।
त्यस्तै दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाईटी केवलपुर उपशाखा थाक्रे गाउँपालिका धादिङको आयोजनामा भएको रक्तदान कार्यक्रममा १४ जना महिला र ६१ जना पुरुष गरि ७५ जनााले रक्तदान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस