धादिङ ०३ असोज
संविधान दिवसको अवसरमा धादिङ कारागारका १४ जना कैदीबन्दीले सजाय माफी पाएका छन् । विभिन्न कसुरमा कारागारमा सजाँय भुक्तान गरिरहेका १४ जना कैदिबन्दीहरुको सरकारले कैद मिनाहा गरिदिएको हो ।
संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरुको बाँकी कैद र सजाय सरकारले मिनाहा गरेको जिल्ला कारागार धादिङका प्रखुम नइन्द्र पौडेलले जानकारी दिनुभयो ।
हरेक वर्ष संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट सजाय माफ गरिदै आएको छ ।
धादिङ कारागारबाट कैद मिनाहा र माफी पाउनेहरु :
१ रामशरण चेपाङ (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग)
२ बुद्धिराम चेपाङ (कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग)
३ लक्ष्मण श्रेष्ठ (सवारी अंगभंग , सवारी ज्यान)
४ रोशन रुवाली (बहु – विवाह)
५ सुरेश श्रेष्ठ (बहु – विवाह)
६ लक्ष्मी मगर (बहु – विवाह)
७ भक्तबहादुर गुरुङ (बहु – विवाह)
८सरिता राइ (बहु – विवाह)
९ हरी बहादुर गुरुङ (वैदेशिक रोजगार कसुर)
१० राजकुमार परियार (कर्तव्य ज्यान)
११ सन्तोष कुमार रेग्मी (बहु – विवाह)
१२ पार्वती रेग्मी (बहु – विवाह)
१३ सुरेश लामा (कर्तव्य ज्यान)
१४ दिनेश लामा (कर्तव्य ज्यान)
प्रतिक्रिया दिनुहोस