धादिङ ०२ असोज
संविधान दिवसको पूर्वसन्ध्यामा आयोजित सरकारी कर्मचारीह?को मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
संविधान दिवस २०७९ अवसरमा मूल समारोह समिति, धादिङको आयोजना र जिल्ला खेलकुद विकास समिति धादिङको व्यवस्थापनमा भएको प्रतियोगितामा १८ वटा समूहबिच प्रतिस्पर्धा भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम खनियाबास गाउँपालिका, द्धितीय नेपाल प्रहरी र तृतीय नीलकण्ठ नगरपालिका अन्तरगतको सामी परियोजना र जिल्ला सामुदायिक आँखा केन्द्र धादिङ भएका छन् ।
प्रतिक्रिया दिनुहोस