धादिङ ०२ असोज
बेनिघाट रोराङ गाउँपालिका धादिङले संविधान दिवसको अवसर पारी सहिद बेपत्ता परिवार सम्मान गर्ने भएको छ ।
सोमबार गाउँपालिकाले नेकपा(माओवादी केन्द्र)का नेता कृष्ण बहादुर महाराको प्रमुख आतिथ्यमा विविध कार्यक्रमका साथ संविधान दिवस मनाउन लागेको गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक)ले जानकारी दिनुभयो ।
समारोहको अवसरमा सहिद बेपत्ता परिवार सम्मानका साथै उत्कृष्ठ कर्मचारी सम्मान एवं प्रभातफेरीको समेत आयोजना गरेको छ ।
प्रतिक्रिया दिनुहोस