धादिङ २ असोज
शिखर इन्स्योरेन्स कम्पनी लि. धादिङले आइतबार धादिङबेसीमा बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बिमित, सरोकारवाला निकाय, स्थानीय तहका प्रतिनिधि र बैंक प्रतिनिधिहरुसँग संयुक्त रुपमा सचेतना कार्यक्रम गरिएको हो ।
पशु सेवा विज्ञ कार्यालय धादिङका प्रमुख सन्दिप सिलवालको अध्यक्षतामा भएको सचेतना कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेती, प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल, राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक दिपक न्यौपाने, लगायत विभिन्न बैंकका प्रमुख, प्रतिनिधि, वडा अध्यक्षहरुकाका साथै सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका सहभागीहरुले बिमाको बारेमा सेवाग्राहीहरुलाई अनुशिक्षणको आवश्यकता रहेको र सचेतनामूलक कार्यक्रमहरु गाउँगाउँमा गर्न आवश्यक रहेको बताएका थिए । यस्तै कार्यक्रमका सहभागीहरुले दाबी भुक्तानीमा अत्यन्तै कठिानइ रहेको गुनासो राखेका थिए । कार्यक्रममा शिखर इन्स्योरेन्सका जनरल डेपुटी म्यानेजर उद्धित प्रसाद काफ्लेले देशभर १ सय १२ वटा शाखा विस्तार गर्न सफल भएको र निर्जीवन बिमा कम्पनी मध्ये उत्कृष्ठ कम्पनीको रुपमा स्थापित भएको बताउनु भयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै त्रिपुरा सुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले बिमा कर्ताहरुले सेवाग्राहीहरुलाई सही जानकारी दिनुपर्ने र सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउदै वडा वडामा गएर अभिमूखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिखर इन्स्योरेन्सका ब्रान्च म्यानेजर सीताराम अर्यालले स्वागत मन्तव्य राख्नुभएको थियो भने शिखर ईन्स्योरेन्स क.लि.का कृषि तथा पशु प्राविधिक राज कुमार शाक्यले कार्यक्रम सञ्चालन गर्नुृभएको थियो ।
प्रतिक्रिया दिनुहोस