धादिङ ०१ असोज
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय धादिङले अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आगामी निर्वाचनका लागि धादिङमा २ लाख ६५ हजार ९ सय ९६ मतदाता कायम भएको जनाइएको छ । जसमा १ लाख ३० हजार ५ सय ९४ जना महिला, १ लाख ३५ जार ४ सय १ जना पुरुष र १ जना अन्य मतदाता रहेका छन् ।
जिल्लामा ५ वटा मतदानस्थल थपिएको छ भने ६ वटा परिवर्तन र १ वटा खारेज गरिएको छ । धादिङमा १ सय १४ वटा मतदान स्थल र ३ सय ३ वटा मतदान केन्द्र कायम गरिएको छ ।
प्रतिक्रिया दिनुहोस