धादिङ ०१ असोज
अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा गणेश कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासंघको शनिबार सम्पन्न जिल्लाभेलाबाट श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएको हो ।
जसको उपाध्यक्षमा विदुर अर्याल र ओम बहादुर तामाङ, सचिवमा विनोद थापा मगर, सह–सचिवमा ज्ञानी लामा र कोषाध्यक्षमा राजन लामा निर्वाचित हुनुभएको छ ।
गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न जिल्ला भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम बहादुर भण्डारीको प्रमुख आतिथ्य, जिल्ला संयोजक मनराज भण्डारीको विशेष आतिथ्य रहेको थियो भने अतिथिहरुमा माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य विनोदबाबु रिमाल, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज अमृत तामाङ, जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ, प्रेस सेन्टर धादिङका उपाध्यक्ष सञ्जय देवकोटा लगायतको आतिथ्य रहेको थियो ।
महासंघ नेकपा(माओवादी केन्द्र)को भातृ संगठन हो ।
प्रतिक्रिया दिनुहोस