धादिङ ३१ भाद्र
क्रियशिल पत्रकार महिला (WWJ) धादिङको अध्यक्षमा सरिता श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ ।
शुक्रबार सम्पन्न क्रियशिल पत्रकार महिला (WWJ) धादिङको चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती चयन गरेको हो ।जसको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सहसचिवमा सुशिला बिश्वकर्मा, कोषध्यक्षमा सितल सापकोटा रहनुभएको छ भने सदस्यहरुमा सबिना तामाङ र दिपा लम्साल रहनुभएको छ । कार्यसमितिले २ जना सदस्य म
नोनित गर्ने निर्णय गरेको छ ।
क्रियाशिल पत्रकार महिला धादिङका अध्यक्ष निरमाया गुरुङ (डोल्मा) को अध्यक्षतामा भएको कार्यक्रममा क्रियाशिल पत्रकार महिला धादिङका सस्थापक अध्यक्ष गायत्री खतिवडा, प्रेस युनियनका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा पत्रकार रास्ट्रिय द:बु धादिङका अध्यक्ष सतोषराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस