धादिङ २९ भाद्र
५८ औँ राष्ट्रिय बाल दिवसको अवसरमा देउराली माध्यमिक विद्यालय नीलकण्ठ–८ ससाहमा विभिन्न कार्यक्रम गरिएको छ । दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता, बेलुन फुटाई, पुच्छर तानी, म्युजिकल चियर र हाडी फुटाई लगायतका कार्यक्रम गरिएको थियो ।
जसमा बेलुन फुटाईमा छात्र तर्फ कक्ष १ का प्रिन्स तामाङ प्रथम, एल.के.जिका सबिम श्रेष्ठ द्धितीय र नर्सरीका अमन तामाङ तृतीय भएका छन् भने छात्रातर्फ कक्षा १ की रुबिना तामाङ प्रथम, एल.के.जिकी सरला थापा मगर द्धितीय र नर्सरीकी सरिता थापा मगर तृतीय भएकी छिन् ।
यस्तै पुच्छर तानीमा भने छात्रतर्फ कक्षा ४ का विकाश श्रेष्ठ प्रथम, सरोज श्रेष्ठ द्धितीय र सन्दिप परियार तृतीय भएका छन् भने छात्रातर्फ कक्षा ४ की सुशान्ती तामाङ प्रथम, कक्षा २ की कान्छीमाया तामाङ द्धितीय र कक्षा ४ की सुसन्ना तामाङ तृतीय भएकी छिन् । म्युजिकल चियरमा छात्रतर्फ कक्षा ५ का दाउत तामाङ प्रथम, कक्षा ७ का राजु श्रेष्ठ द्धितीय र कक्षा ५ का प्रदिप परियार तृतीय भएका छन् भने छात्रातर्फ कक्षा ६ की उषा तामाङ प्रथम, कक्षा ५ की नम्रता श्रेष्ठ द्धितीय र सरस्वती श्रेष्ठ तृतीय भएकी छिन् ।
उता हाजिरी जवाफ प्रतियोगितामा अविनास तामाङ, रिता तामाङ र रेजिना श्रेष्ठको समुह प्रथम, रुथ तामाङ, रोशन तामाङ र पूजा गुरुङको समुह द्धितीय र अनिल परियार, श्रृष्टि बराम र नविन श्रेष्ठ तृतीय भएको विद्यालयका सेकेन्डरी इन्चार्ज अपिल कोइरालाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक खिल बहादुर धमलाले विद्यार्थीहरुलाई पढाइसँगै अतिरिक्त कार्यकलापहरुमा पनि सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । यस्तै धमलाले नगरपालिकाले आयोजना गर्न लागेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी भइ प्रथम, द्धितीय र तृतीय मध्ये कुनै एक स्थान हासिल गरेमा व्यक्तिगत तर्फबाट नगद रु. ५ हजार सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस